Event details

Home / Event / Event details

लुम्बिनी प्रदेशमा अहिले सम्म कै ठुलो सूचना प्रबिधि मेला "TechConclave 2024" फागुन १३ गते हुदै।
Asian Buddha Hotel, Siddharthanagar, Bhairahawa
national
Start date: February 25, 2024
End date: February 25, 2024

लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक कन्कलेभ आयोजना हुँदै । विगत ६ वर्षदेखि नेपालकै ठूलो टेक गैर- नाफामुलक संस्थाको रुपमा आफुलाई विस्तार गर्दै आएको कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट " टेक कन्कलेभ २०२४" आयोजना गर्ने भएको छ । “कोड फर चेन्ज” ले टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरु को सुनिस्चित भविष्यको लागि देशको विभिन्न भागमा वर्षेनी सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्य गरि विभिन्न कार्यक्रम गर्दै आएको छ। यस पटक टेक कन्क्लेभ लुम्बिनी प्रदेशमा फाल्गुन १३ गतेको लागि तय गरिएको छ। मुख्य गरि यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिने भएको छ। यस कार्यक्रमको मुख्य उदेश्य प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनिहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरिलाई कम गर्ने रहेको छ। यस कार्यक्रम भित्र सूचना प्रविधिको तिब्र विकास र भविष्य बारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्त्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ। यश कार्यक्रमले प्रविधि क्षेत्रमा उदाउदै गरेका स्टार्टअप लाई पनि विशेष स्थान दिने भएको छ। प्रोजेक्ट प्रदर्शनी मा सहभागी हुन इच्छुक बिद्यार्थीले तल दिएको लिंक मा गइ दर्ता गर्न सक्नु हुने छ।
𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗟𝗶𝗻𝗸 : http://tinyurl.com/pwcv9m4s
लुम्बिनी प्रदेशमा प्रदेश युवा परिषद्संग को सहकार्यमा “Asian Buddha Hotel” सिद्धार्थनगर, भैरहवामा हुन गैरहेको यो कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरु विछ एउटा कसिलो चेन निर्माण गर्ने दावी आयोजकले गरेको छ। साथसाथै सुचना प्रविधिसंग सरोकार राख्ने सबैलाई यहि मिति २०८० फाल्गुन १३ गते बुटवलमा हुन गैइरहेको टेक क्न्कलेभ २०२४ मा सहभागी हुन समेत आह्वान गरिएको छ। सम्पूर्ण इछुक बिद्यार्थी लाई निशुल्क प्रवेश को बेवास्था गरिएको आयोजक ले बताए को छ। यस कार्यक्रम बारे थप जानकारी कोड फर चेन्जको फेसबुक पेज, इन्स्टाग्राम, लिन्क्डिनमार्फत पाउन सकिने छ।

Facebook:
https://www.facebook.com/CodeForChangeNepal?mibextid=ZbWKwL
Linkedin:
https://www.linkedin.com/company/42772994/
Instagram:
https://www.instagram.com/codeforchangeofficial/